शुक्रबार १५ श्रावण, २०८३ (Friday July 31, 2026)
शुक्रबार १५ श्रावण, २०८३ (Friday July 31, 2026)

भलवाडमा युवाको जागरण: नयाँ युगको राजनीतिक बहस सँगै अन्तर्क्रिया कार्यक्रम सम्पन्न

आईतबार १५ भाद्र, २०८२ थानेश्वर अर्याल अच्युत 5458


भलवाडमा युवाको जागरण: नयाँ युगको राजनीतिक बहस सँगै अन्तर्क्रिया कार्यक्रम सम्पन्न

कपिलवस्तु, बाणगंगा–९ (भलवाड),
विकराल राजनीतिक परिवेशलाई परिवर्तन गर्दै सकारात्मक नेतृत्व निर्माण गर्ने उद्देश्यले भलवाडमा आइतबार एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। भलवाड स्वतन्त्र युवा सञ्जालको आयोजनामा सम्पन्न कार्यक्रममा वडा नम्बर ९ अन्तर्गतका सम्पूर्ण टोलका युवाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको मूल उद्देश्य वडा भित्रको राजनीतिक नेतृत्वमा आमूल परिवर्तन ल्याउने तथा त्यसमा युवाहरुको सशक्त उपस्थिति सुनिश्चित गर्ने रहेको संयोजक मित्र पौडेलले जानकारी दिए। युवाबीच एकता, सहभागिता, र भावी नेतृत्व निर्माणको सम्भाव्यता विषयमा गम्भीर छलफल गरिएको अन्तरक्रियामा उपस्थित वक्ताहरुले बताए।

पडरिया कुटीमा आयोजित कार्यक्रममा भलवाड स्वतन्त्र युवा सञ्जालले सम्पूर्ण टोलका युवाहरुलाई समेट्ने प्रयास गरेको थियो। संयोजक मित्र पौडेलको संयोजकत्व तथा नमु गुरुङको संचालनमा सम्पन्न कार्यक्रमले युवाबीचको समन्वय र एकताको भावना झनै प्रगाढ बनाएको सहभागिहरुको धारणा थियो।

कार्यक्रममा विष्णु खनाल, योगेन्द्र पौडेल, हिमु खनाल, गोपाल पाण्डे, उमानन्द अधिकारी, चुरामणी अर्याल, हिरा बहादुर कार्की, तारा प्रसाद खनाल, दामु पुरी, विष्णु पाण्डे, रोशन पाण्डे, मधु बहादुर राना लगायत ७० भन्दा बढी युवाहरुको सक्रिय उपस्थिति थियो।

अन्तरक्रियामा सहभागी युवाहरुले भलवाडमा सुशासन र जिम्मेवार नेतृत्वका लागि युवाको निर्णायक उपस्थिति आवश्यक रहेकोमा जोड दिए। साथै, नविन सोच र सामूहिक आवाजमार्फत युवाका हक–अधिकार सुनिश्चित गर्न भलवाड स्वतन्त्र युवा सञ्जालले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा पनि व्यक्त गरिएको थियो।

कार्यक्रमले टोलगत युवाहरुबीच सम्पर्क व्यक्ति चयन गर्दै समन्वयात्मक सञ्जाल निर्माणको शुरुवात समेत गरेको छ। दोस्रो चरणको बैठक आगामी असोज ३ गते बस्ने निर्णय गरिएको आयोजकले जानकारी दिएको छ।




मतहरू

Jamesduelo

best darknet markets darkmarket

Jamesduelo

darknet markets onion dark web markets

Jamesduelo

dark markets 2026 dark web market urls

Jamesduelo

darkmarket best darknet markets

ChaseCLIME

darkmarket list darknet drug links https://nexus-darknet-market-link.com

Jamesduelo

bitcoin dark web dark web market list https://darknetmarketworld.com

MaximoAbete

darknet site darknet drug links https://bestdarknetmarkets.com

Carlosvet

dark web market list dark markets https://darknetmarketnews.com

Jamesduelo

dark market url darknet markets url https://darknetmarketworld.com

ChaseCLIME

darknet markets onion darknet market list https://nexus-darknet-market-link.com


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?