शुक्रबार १५ श्रावण, २०८३ (Friday July 31, 2026)
शुक्रबार १५ श्रावण, २०८३ (Friday July 31, 2026)

सचेत नागरिक समूह कपिलबस्तुद्वारा भ्रष्टाचार विरुद्ध जनदवाव कार्यक्रम सम्पन्न

आईतबार ७ जेष्ठ, २०८० परिवर्तन सम्बादाता 12684


सचेत नागरिक समूह कपिलबस्तुद्वारा भ्रष्टाचार विरुद्ध जनदवाव कार्यक्रम सम्पन्न

२०८० जेष्ठ ७ आइतबार 

कपिलवस्तु ,

भ्रष्ट्राचार बिरुद्ध जनदवाब स्वरुप सचेत नागरिक समुह कपिलवस्तुले शनिबार बिरोध तथा खबरदारी कार्यक्रममा प्लेकार्ड देखाउँदै र्याली गरी कोणसभामा परिणत गरी सम्पन्न गरेको छ ।

कपिलवस्तुको बुद्धभुमि नगरपालिका स्थित गोरुसिँगेमा जम्मा भएका सचेत नागरिक समुहका युवाहरुले स्थानीय तह देखि केन्द्र सरकार सम्म नै भ्रष्टाचार बिरुद्ध जनदवाब दिनुपर्ने बताएका छन् ।

बुद्धभुमि नगरपालिका वडा नम्बर २ स्थित गोरुसिँगेको लुम्बिनी होटल अगाडीबाट र्याली सुरु भई सर्पदशं उपचार केन्द्र सम्म पुगि कोणसभा गरिएको थियो । उक्त कोणसभामा सहभागीहरुले हातमा प्लेकार्डहरु बोकेका थिए । जसमा उनीहरुले भ्रष्टाचारीलाई कार्वाही गर, राम्रो कामलाई सधै साथ प्रहरी प्रशासनलाई धन्यवाद, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई राष्ट्रिय ठगहरुलाई कार्वाही गर, स्थानीय देखि केन्द्र सम्मका जनप्रतिधि र कर्मचारीहरुको सबैको सम्पति सार्वजनिक गर, सबैखाले भ्रष्टाचार र कालो बजारीयालाई कार्वाही गर लगाएत नारा लेखिएका प्लेकार्ड प्रर्दशन समेत गरेका थिए ।

अहिले देशमा भ्रष्टाचार र भ्रष्टाचारी आतंक बढीरहेको र यसले सामान्य निमुखा नागरिकहरु दिन प्रतिदिन गरिब भइरहेको भन्दै जनदबाव सिर्जना गर्न यो बिरोध गरिएको र यो एउटा आगोको झिल्का मात्र हो अझै पनि नसच्चिए थप संघर्षका कार्यक्रममा उत्रने भन्दै बिरोध प्रर्दशनमा सहभागी कार्यक्रम संयोजक रविन न्यौपानेले बताए ।

कार्यक्रम सञ्चालक कमल भट्टराईले भ्रष्टाचार गर्ने जो कोही भएपनि पनि कार्वाहीको दायरामा आउनुपर्ने र प्रहरी प्रशासनलाई नेपाली जनताको साथ रहेको हुँदा कसैको दबाब र प्रलोभनमा नपरी जोसुकै भ्रष्ट र कालोबजारीया भएतापनि कारवाही गर्न माग गरेका थिए ।

उक्त जनदवाव कार्यक्रममा रुपकराज खनाल, रमेशचन्द्र भुषाल, मधव पराजुली, रबि ठाकुर,मोहन केवट, दुर्गा अधिकारी लगाएतले सम्बोधन गरेका थिए । 




मतहरू

mostbet_csEr

mostbet befizetés Magyarország mostbet befizetés Magyarország

aviator_oror

aviator algoritmo https://aviator49346.icu/

chicken-road_jyMr

chicken road slots estrategia españa https://chicken-road38801.icu

mostbet_wpmi

mostbet összeomlik https://mostbet94459.icu/

1win_llml

1win blackjack https://1win96420.help

Jamesduelo

darknet drugs darknet links

Jamesduelo

darkmarket list darknet market

Jamesduelo

onion dark website dark market onion

Jamesduelo

darknet markets onion darknet market links

ChaseCLIME

tor drug market dark market link https://nexus-darknet-market-link.com


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?