शुक्रबार १० माघ, २०८२ (Friday January 23, 2026)
शुक्रबार १० माघ, २०८२ (Friday January 23, 2026)

दुर्घटना न्यूनीकरणका लागि बुद्धभुमि जेसिजले थाल्यो अभियान, छाडा चौपायाको घाँटीमा रेडियम बेल्ट

बुधबार १४ चैत्र, २०८० परिवर्तन संम्वाददाता 3847


दुर्घटना न्यूनीकरणका लागि बुद्धभुमि जेसिजले थाल्यो अभियान, छाडा चौपायाको घाँटीमा रेडियम बेल्ट

बुद्धभुमी नगरपालिका,कपिलवस्तु ।।। 

छाडा चौपायहरुबाट रात्रिकालीन समयमा हुने सडक दुर्घटना न्यूनिकरणका लागि बुद्धभूमी जेसिजको आयोजनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलबस्तु र ईलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलबस्तु को सहयोगमा बुद्धभुमि नगरपालिकाको पूर्व पश्चिम महेन्द्र राजमार्गको सडकको छेउछाउमा रहेका छाडा चौपायाहरुलाई रेडियम बेल्ट लगाउने कार्यक्रम सम्पन्न भएको छ। 

गत सातापनी ट्राफिक नियम सडक व्यवहार सचेतना कार्यक्रम पनि बुद्धभूमि नगरपालिका कपिलबस्तुको अर्घाखाची चोक,हनुमान चोक लगाएत विभिन्न स्थानमा ट्राफिक नियम हरु प्लेकार्डमा सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौं, कोचाकोच भएर यात्रा नगरौं, मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउ, ट्राफिक नियमको पालना गरौं, तिव्र गति ज्यानको क्षति लगाएत विभिन्न नाराहरू प्रदर्शन गर्दै बाटो काटदा जेब्रा क्रसिङको प्रयोग गर्ने तरिका प्रयोगात्मक रुपमा नै पैदल यात्रु स्थानिय समाजसेवी हरुलाई सिकाइ जिल्ला ट्राफिक प्रहरी कपिलबस्तु र इप्रका गोरुसिंगे सँग सहकार्य गरी कार्यक्रम अभियान सुरु गरेको थियो।

सवारी चापसँगै जथाभाबी रहेका छाडा चौपायाले गर्दा दुर्घटनाको जोखिम बढिरहेकाले बुद्धभूमि जेसिसले पुर्व पश्चिम राजमार्गका छाडा चौपायालाई रेडियम बेल्ट लगाउने कार्यक्रम आयोजना गरेको हो ।

 

पछिल्लो समयमा दिनप्रतिदिन सवारी दुर्घटना बढ्दै गएको छ । सवारी दुर्घटनाको प्रमुख कारणमा चालकको लापरबाही, सवारी चाप, अव्यवस्थित सडक लगायत सडकमा छाडा छोडिएका पशु चौपायाहरू पनि हुने गरेको छ । सडक दुर्घटना छाडा चौपायका दुर्घटनाको जोखिमका कारण बन्न पुगेकाले बुद्धभूमि जेसिसले चौपायालाई रेडियम बेल्ट लगाउने अभियान चलाएको हो ।

 

चौपायाको घाँटीमा लगाइने उक्त रेडियम बेल्ट टल्कने भएका कारण सवारी चालकलाई चौपाया भएको जानकारी हुने र यसले गर्दा दुर्घटनाको जोखिम समेत न्यूनीकरण हुने भएकाले यो कार्य सुरु गरिएको बुद्धभूमि जेसिस वर्ष २०२४ का अध्यक्ष जेसी थानेश्वर अर्यालले बताए। सडक दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी एक्लैले सम्भव छैन त्यसैले यसमा सबैले साथ दिनुपर्ने भन्ने सोचले दुर्घटनाको जोखिम न्यूनीकरणमा बुद्धभूमि जेसिस लागिपरेको अध्यक्ष अर्यालले बताए ।

 

रातिको समयमा टाढैबाट गाई गोरुको घाँटी तथा सिङमा लगाइएको रेडियम चम्किने भएकाले सडक दुर्घटनाका घटना कम हुने भएकाले जेसिज सँग सहकार्य गरेर अभियान नै संचालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिष भण्डारीले बताए। ’ रेडियम लगाउनुका साथै गाई गोरुलाई सडकबाट धपाउने कार्य पनि गरिरहेको उनले बताए । 

सवारी ज्यान जस्तो एउटा झन्झटिलो मुद्दामा पर्नबाट जोगिने साथै सवारी दुर्घटनामा परी मानवीय क्षति नहुन र राष्ट्रिय जनावर जस्तो गौं प्राणीको समेत दुर्घटनाका कारण मृत्यु हुने हुँदा रेडियम बेल्टको सहयोगले दुर्घटनामा कमी आउने इप्रका गोरुसिंगेका प्रमुख प्रहरी निरीक्षक नरेश बहादुर शाही को भनाइ छ।

 

 

जिल्लाको मुख्य बजारमा सडक दुर्घटनाको जोखिम पनि उत्तिकै हुने भएकाले सडक आसपासका सडक चौपायाहरुलाई व्यबस्थित गर्न र पशु अधिकारलाई संरक्षण गर्न जेसिजले अभियान संचालन गरेको छ। रेडियम बेल्टबाट रात्रिकालिन सडक दुर्घटना कम हुने बिश्वास गरीएको छ ।।।




मतहरू

在线赌场游戏

赌厅网投 在线赌场游戏 赌厅网投 baronleba.pl 贝博足彩 贝博足彩

在线赌场游戏

赌厅网投 赌厅网投 贝博足彩 赌厅网投 www.hcaster.co.kr 赌厅网投

在线赌场游戏

澳门博狗 贝博足彩 movie.gaucbc.org 澳门博狗 贝博足彩 贝博足彩

在线赌场游戏

在线赌场游戏 在线赌场游戏 arkbaria.com 赌厅网投 澳门博狗 贝博足彩


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?