शुक्रबार १५ श्रावण, २०८३ (Friday July 31, 2026)
शुक्रबार १५ श्रावण, २०८३ (Friday July 31, 2026)

थानेश्वर अर्याल अच्युत: एक स्वतन्त्र सोचका पात्र

मंगलबार २८ आश्विन, २०८२ दैनिक सम्बादाता 10468


थानेश्वर अर्याल अच्युत:  एक स्वतन्त्र सोचका पात्र

 

 

२८ असोज मंगलबार २०८२

कपिलबस्तु, थानेश्वर अर्याल जसलाई धेरैले “अच्युत” नामले पनि चिन्दछन्, नेपालमा पछिल्ला वर्षहरूमा राजनीतिक चेतना, स्वतन्त्र सोच र राष्ट्रियताको पक्षमा आवाज उठाउने व्यक्तिका रूपमा चिनिन थालेका छन्। उनी कुनै राजनीतिक दलमा आवद्ध छैनन्, तर उनको आवाजले दलहरूभन्दा माथि उठेर देश, जनता र सत्यका पक्षमा बोल्ने साहस प्रदर्शन गर्छ।

राजनीतिक यात्रा दृष्टिकोण

अच्युतको राजनीतिक यात्रा कुनै दलको झण्डा लिएर होइन, ब्यक्तिगत विश्वास र देशभक्तिको भावनाबाट प्रेरित छ। उनले नेपालको राजनीति दलगत स्वार्थ, भ्रष्ट्राचार र सत्ताकेंद्रित प्रवृत्तिले दूषित भएको भन्दै, “सत्य, नैतिकता र पारदर्शिता” को राजनीति आवश्यक छ भन्ने धारणा अघि सारेका छन्।उनले खुलेरै भन्छन् म कुनै दलमा छैन, म सत्यमा छु। उनको विचारमा, देशको मूल शक्ति जनतामा निहित छ, र जनताले राजनीतिक सत्य बुझ्ने हो भने परिवर्तन सम्भव छ। उनी विश्वास गर्छन् कि सत्य कहिल्यै हराउँदैन, केवल ढिलो जित्छ।

राजसंस्थाप्रति दृष्टिकोण

थानेश्वर अर्यालले राजसंस्थालाई समर्थन गर्ने कुरा व्यक्तिगत विचारको रूपमा प्रस्तुत गर्छन्। उनको दृष्टिमा राजसंस्था नेपालको ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय एकताको प्रतीक हो। तर उनले यो कुरा पनि जोड दिन्छन् कि राजसंस्था पुनःस्थापना हुनु वा नहुनु भन्दा पनि, देशको एकता र इमानदार नेतृत्व स्थापित हुनु मुख्य कुरा हो। यस दृष्टिले उनी राजनीतिक भन्दा बढी राष्ट्रवादी चिन्तकका रूपमा देखिन्छन् सत्यको जित अवश्य हुनेछ” अच्युतको मूल मन्त्र ।

अच्युत बारम्बार दोहोर्याउँछन् सत्यको जित अवश्य हुनेछ। यसको अर्थ केवल धार्मिक वा भावनात्मक होइन, बरु राजनीतिक र सामाजिक सन्दर्भमा गहिरो छ। उनी भन्न खोज्छन् झूट, स्वार्थ र भ्रष्टाचारले केही समय जित्न सक्छ, तर अन्ततः जनताको चेतना र सत्यले सबै असत्यलाई पराजित गर्छ।यो विश्वास नै उनको संघर्षको प्रेरणा हो।थानेश्वर अर्याल (अच्युत) लाई बुझ्नका लागि पब्लिकले यो कुरा स्पष्ट बुझ्नुपर्छ उनी दलभन्दा माथि उठेको सोचका व्यक्ति हुन्,सघर्ष सत्य, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको पक्षमा केन्द्रित छन,राजनीतिक व्यक्तित्व मात्र होइनन्, एक सामाजिक अभियन्ता र चेतना फैलाउने व्यक्ति हुन्।उनको विचार बुझ्दा, हामी दलगत दृष्टिभन्दा बाहिर निस्केर, देश र जनताको पक्षमा सोच्ने प्रेरणा पाउँछौं ।

थानेश्वर अर्याल (अच्युत) को जीवन यात्रा हामीलाई यो सन्देश दिन्छ "दलको होइन, देशको सेवा गर" पदको होइन, सत्यको साथ देउ”उनी भन्छन् सत्य ढिलो आउँछ, तर आउँछ अवश्य त्यसैले उनको सन्देश केवल राजनीतिक होइन, आत्मिक र राष्ट्रिय जागरणको आह्वान हो सत्य बोल्नेहरू सधैं अल्पसंख्यक हुन्छन्, तर अन्ततः सत्यकै जित हुन्छ।

आज देशमा राजनीति एउटा पेशा होइन, फाइदाको खेल जस्तो बनेको छ। जनताको सेवा गर्ने भनिएकाहरू सत्ताको सुख र सम्पत्तिको लोभमा हराएका छन्।तर सम्झनुहोस् भोलि मरेर भ्रष्टाचार गरेर कमाएको सम्पत्ति साथ लैजान सकिँदैन। साथ जाने कुरा केवल कर्म र चरित्र मात्र हो।

अच्युतको भनाइ स्पष्ट छ राजनीति कुनै व्यापार होइन, यो विचारको यात्रा हो।जनप्रतिनिधि बन्नु ठूलो कुरा होइन, इमानदार जनप्रतिनिधि बन्नु ठूलो कुरा हो।आजको राजनीति पैसाले जितिन्छ,तर इतिहासमा नाम सत्य र निष्ठाले मात्र टिक्छ त्यसैले, लोभमा होइन लोककल्याणमा राजनीति गरौं।पदमा होइन पवित्र विचारमा उभिऊँ।सत्ताको खेल होइन सत्यको साधना गरौं ।




मतहरू

Jamesduelo

darknet market lists darkmarket list

Jamesduelo

darknet drug market darknet markets url

Jamesduelo

dark web market list bitcoin dark web

Jamesduelo

dark web drug marketplace onion dark website

Jamesduelo

darkmarket 2026 dark market 2026

Jamesduelo

darknet drug store darknet drug store

Jamesduelo

dark markets darknet market links

Jamesduelo

darknet marketplace darkmarket url

Jamesduelo

dark web drug marketplace dark market url https://darknetmarketworld.com

ChaseCLIME

darknet markets 2026 dark web market links https://nexus-darknet-market-link.com


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?