शनिबार ४ श्रावण, २०८२ (Saturday July 19, 2025)
शनिबार ४ श्रावण, २०८२ (Saturday July 19, 2025)

जिल्ला प्रहरीको अनुहार बने सई जबरा, ‘पुलिस अफ दि मन्थ’ सम्मान

शुक्रबार ३ श्रावण, २०८२ परिवर्तन संम्वाददाता 1029


जिल्ला प्रहरीको अनुहार बने सई जबरा, ‘पुलिस अफ दि मन्थ’ सम्मान

धनुषा — नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषाले असार महिनाको ‘पुलिस अफ दि मन्थ’ मा प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) सागर शमशेर जबरालाई छनोट गरेको छ।

 

 

 

गम्भीर प्रकृतिका आपराधिक घटनाहरूको सफल अनुसन्धान गर्दै संगठनको छवि उच्च राख्न उल्लेखनीय योगदान दिएका जबरालाई नेपाल प्रहरीले सम्मान प्रदान गरेको हो।

 

 

 

धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीका अनुसार जबरा विभिन्न चर्चित र संवेदनशील घटनामा निर्णायक भूमिका निर्वाह गर्दै आएका छन्।

 

 

 

उनी लक्ष्मिनिया गाउँपालिका–५ मा भएको श्रीमतीको हत्या गरी शव गाडिएको घटनाका मुख्य अभियुक्त हरिराम यादवलाई नियन्त्रणमा लिन अग्रसर बने। त्यस्तै, जनकपुर उपमहानगरपालिका–१५ मा वासुदेव साहमाथि चक्कु प्रहार गरी फरार रहेका बेचन महासेठलाई खजुरी रेल्वे स्टेशनबाट पक्राउ गर्न पनि उनले निर्णायक पहल गरेका थिए।

 

 

 

त्यो मात्र होइन, ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ तथा विद्युतीय अपराधमा संलग्न रही फरार रहेका अभियुक्त हनिफ नदाफलाई पक्राउ गरी अनुसन्धान अघि बढाउने कार्यमा पनि जबराले सशक्त भूमिका निर्वाह गरेका छन्।

 

 

 

एसपी रेग्मी भन्छन्, “जबराको व्यावसायिक दक्षता, निष्ठा र परिणाममुखी कार्यशैलीले प्रहरी संगठनको उज्यालो छवि निर्माण गरेको छ, जसले सर्वसाधारणमा प्रहरीप्रतिको विश्वास अझ बलियो बनाएको छ।”

 

 

 

नेपाल प्रहरीको गौरवशाली अभियानलाई थप प्रेरणा दिने उद्देश्यले प्रदान गरिँदै आएको ‘पुलिस अफ दि मन्थ’ सम्मान यसपटक सई जबराको नाममा समर्पित गरिएको हो। प्रहरी संगठनले विश्वास लिएको छ — यस्ता सम्मानले कर्मठ, इमानदार र निष्ठावान प्रहरी कर्मचारीलाई अझ उत्साहित बनाउनेछ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?