बुधबार ८ माघ, २०८२ (Wednesday January 21, 2026)
बुधबार ८ माघ, २०८२ (Wednesday January 21, 2026)

पालिकाले दिनथाले एकल पुरुषलाई भत्ता

शनिबार ७ श्रावण, २०७९ परिवर्तन संम्वाददाता 3547


पालिकाले दिनथाले एकल पुरुषलाई भत्ता

साउन ७ । सामाजिक न्याय स्थापना गर्न कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालेका छन् । समाजमा एकल महिलाभन्दा एकल पुरुषको जीवन कष्टकर बनेको गुनासो आएपछि कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका हुन् ।


विवाह नगरी बसेका वा विवाह गरी श्रीमतीको निधन भएको वा श्रीमतीले घर छोडी गएका एकल पुरुषको जीविकोपार्जनमा राहत प्रदान गर्न स्थानीय तहले मासिक पाँच सयदेखि एक हजार पाँच सय रुपियाँसम्म भत्ता प्रदान गर्दै आएका छन् ।

ललितपुरको बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले समाजमा लैङ्गिक समानता र सामाजिक न्याय स्थापना गर्न पाँच वर्षअघि नै गाउँपालिकाले एकल पुरुषलाई मासिक रूपमा भत्ता प्रदान गर्न थालेको बताए । उनले भने, “पहिलो र दोस्रो वर्ष मासिक एक हजार रुपैयाँ एकल पुरुषलाई भत्ता प्रदान गर्दै आएकोमा गत वर्षबाट सो रकमलाई बढाएर एक हजार पाँच सय रुपियाँ पुर्याइएको छ ।”

उमेर ६० देखि ७० वर्ष भई विवाह नगरी बसेका र श्रीमतीको मृत्यु भई घर परिवारमा आम्दानीको स्रोत नभएका एकल पुरुषलाई भत्ता प्रदान गरिँदै आएको उनले बताए । त्यस्तै, बझाङको थलहरा गाउँपालिकाले गतवर्षदेखि नै एकल पुरुषलाई मासिक पाँच सय रुपियाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेको छ ।

पाल्पाको रम्भा गाउँपालिकाले चालू आर्थिक वर्षदेखि एकल पुरुषलाई मासिक एक हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । गोरखापत्र दैनिकबाट




मतहरू

tornado-mixer-451

This is the official page for tornado mixer – discover reliable insights and resources

tornado-cash-182

Step into the official world of tornado.cash – project updates and core information

vanian-park-estepona-11

Step into elegant residential life at vanian park estepona – official project updates and insights

vanian-park-aedas-888

Join a vibrant residential community with vanian park aedas – official access only

moon-64-residence-170

Uncover the vision behind moon 64 residence – authentic details and project insights

porn-xxx-707

Experience bold fashion with explicit craftsmanship in every Azure Avenue gown

kubet-32

The true home of kubet is here – follow the official page for new games, events, and premium service

new88-958

Find verified news, events, and promotions about new88 only here on Instagram

shbet-152

Join the entertainment journey with shbet – trusted source of authentic gaming experiences

hi88-820

The true home of hi88 is here – visit the official page for exclusive offers and the latest updates


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?