बिहीबार २६ मंसिर, २०८२ (Thursday December 11, 2025)
बिहीबार २६ मंसिर, २०८२ (Thursday December 11, 2025)

एसएसपी विश्व अधिकारीको बढुवा रोकिनु : इमानदार अधिकृतमाथि अन्याय ?

आईतबार १० कार्तिक, २०८२ थानेश्वर अर्याल अच्युत 1325


एसएसपी विश्व अधिकारीको बढुवा रोकिनु : इमानदार अधिकृतमाथि अन्याय ?

कार्तिक     

आईतबार,२०८२

काठमाण्डौ,आइतबार बसेको बढुवा समितिको बैठकले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई डिआइजीमा बढुवा सिफारिसबाट अन्तिम घडीमा हटाएको निर्णयपछि प्रहरी संगठनभित्र असन्तोष चुलिएको छ।

 

गृह मन्त्रालयले तयार पारेको सिफारिस सूचीमा अधिकारी पहिलो नम्बरमा रहेका थिए। तर, अन्तिम समयमा नाम सूचीबाट हटाइँदा प्रहरी वृत्तभित्रै शंका र असन्तोष फैलिएको छ।

 

इमानदार, नतिजामुखी र नेतृत्व क्षमताका लागि परिचित अधिकारी, काठमाडौं प्रहरी प्रमुखका रूपमा कार्यरत हुँदा जनजीवन सुधार, ट्राफिक व्यवस्थापन र आपराधिक नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल गरेका थिए।

 

तर, ‘जेनजी आन्दोलन’ को घटनालाई कारण देखाएर उनीमाथि बढुवाको ढोका बन्द गरिएको बताइन्छ। तर उक्त घटनाबारे छानबिन आयोगले अहिलेसम्म कुनै ठोस कमजोरी अधिकारीमा नदेखाएको स्रोत बताउँछ। आयोगको प्रतिवेदन बुझाउन बाँकी रहँदा बढुवा रोक्नु ‘हचुवाको भरमा गरिएको निर्णय’ भएको आरोप संगठनभित्रै उठ्न थालेको छ।

 

स्रोतहरूका अनुसार, गृहमन्त्री ओमप्रकाश अर्यालको व्यक्तिगत असन्तुष्टिका कारण अधिकारीको बढुवा रोकिएको हो। त्यस्तै, हालका प्रहरी महानिरीक्षक (आइजीपी) चन्द्रकुबेर खापुङले पनि उक्त विषयमा स्पष्ट अडान नलिएका कारण निर्णय उनीविरुद्ध गएको बताइन्छ।

 

प्रहरी वृत्तमा चलिरहेको चर्चाअनुसार, जेनजी आन्दोलनको घटनामा आइजीपी खापुङकै नामसमेत जोडिएको हुँदा, सम्भावित कारबाहीबाट बच्न एसएसपी अधिकारीको बढुवा रोकिने रणनीति अपनाइएको हुनसक्ने अनुमान गरिएको छ।

 

उक्त बैठकले भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अवि नारायण काफ्लेलाई डिआइजीमा बढुवा सिफारिस गरेको छ।

अब प्रश्न उठेको छ संगठनका इमानदार र नतिजामुखी अधिकृत विश्व अधिकारीलाई किन बढुवाबाट छुटाइयो ?

के काठमाडौं प्रहरी प्रमुख हुनु नै उनको ‘दोष’ बन्यो ?

गृहमन्त्री अर्यालले पुरानो रिस फेरेका हुन् कि ?

बढुवाको प्रक्रियामा राजनीतिक हस्तक्षेप र आर्थिक चलखेलको भूमिका कतिसम्म रह्यो ?

 

प्रहरी संगठनभित्र यस्ता निर्णयहरूले इमानदार अधिकृतहरूको मनोबल खस्किने र संगठनको निष्पक्ष छवि कमजोर पार्ने चिन्ता बढेको छ।




मतहरू

yWYjDZZdzyiLecYdSg

ZsYijDQyRtSvMlDsUV


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?