आईतबार ३ श्रावण, २०८३ (Sunday July 19, 2026)
आईतबार ३ श्रावण, २०८३ (Sunday July 19, 2026)

देशभर शोकका कारण सार्वजनिक बिदा, मेयर बने प्रमुख अथिति, पुर्व अध्यक्षले गरे सामुदायिक वनको साधारण सभा बहिष्कार

बिहीबार २८ भाद्र, २०८० परिवर्तन सम्वादाता 13078


देशभर शोकका कारण सार्वजनिक बिदा, मेयर बने प्रमुख अथिति, पुर्व अध्यक्षले गरे सामुदायिक वनको साधारण सभा बहिष्कार

जय वनशक्ती  सामुदायिक वन उपभोक्ता समुह बुद्धभुमी-१ भेलाई कपिलवस्तुको १३ औं वार्षिक साधारणसभा आज देशभर शोक विदाको दिन  गरेको भन्दै वनकै पुर्व अध्यक्षले नै बहिस्कार गरेका छन् । 

 

वनका पुर्व अध्यक्ष युद्धध्वज जिसीले  सरकारले ७७ वटै जिल्लाभर शोक विदा दिएर संविधानसभाका संस्थापक अध्यक्ष सुवास नेम्वाङको निधनमा, राजकीय सम्मान सहित अन्त्यष्टी गर्ने तर वनका समितिले टेन्ट टागेर विभिन्न परिकार बनाएर खुवाउने, बुद्धभुमिका नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ स्वयम् प्रमुख अथिति , स्थानिय जनप्रतिनिधि र वनका कर्मचारीलाई अतिथि बनाई कार्यक्रम गर्ने सरकारको निर्णयलाई नै नमानी आफुखुशी गरेको भन्दै आपत्ति जनाउदै आफू सहित ५० औं जनाले कार्यक्रम बहिस्कार गरेका छन्  । 

 

 जिसीले आफू पुर्व अध्यक्ष रहेको तर कार्यक्रम गर्दा र योजना बनाउदा आफु सङ सल्लाह नै नगरी सरकारको निर्णय विपरीत कार्यक्रम गर्नु नयाँ कार्यसमितिको अपरिपक्वता भएको बताए ।           

 

कार्यक्रममा उपस्थितअतिथिहरूले आज राष्ट्रिय शोक विदाको दिन कार्यक्रम गर्नु समितिको कमजोरी भएको बताएका छन् ।




मतहरू


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?