आईतबार ३ श्रावण, २०८३ (Sunday July 19, 2026)
आईतबार ३ श्रावण, २०८३ (Sunday July 19, 2026)

कपिलबस्तुमा बाबुछोराको मिटरब्याजी आतंक, सयभन्दा बढी पिडित करोडौं ठगीको आरोप

शुक्रबार १३ असार, २०८२ परिवर्तन संम्वाददाता 2886


कपिलबस्तुमा बाबुछोराको मिटरब्याजी आतंक, सयभन्दा बढी पिडित करोडौं ठगीको आरोप

कपिलवस्तु जिल्लाको कृष्णनगरमा मोहम्मद रइस शेष र उसका छोरा प्रिन्स उर्फ अफताब शेषले सयौं स्थानीयलाई गैरकानुनी रूपमा उच्च ब्याजदरमा ऋण दिई करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेको छ। स्थानीय पीडितहरूको उजुरीपछि इलाका प्रहरी कार्यालय कृष्णनगरले रइस शेषलाई पक्राउ गरी अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेको छ भने छोरा अफताब फरार रहेको जनाइएको छ।

 

दर्जनौं पीडितहरूबाट जबर्जस्ती सादा चेकमा हस्ताक्षर गराई पछि ती चेकमार्फत फर्जी रूपमा उच्च रकम देखाई मुद्दा हाल्ने, बैंकबाट रकम बाउन्स गराई धम्की दिने, कमिसनको नाममा ठगी गर्ने, तथा ऋण तिरेपछि पनि चेक नफिर्ता गरी सम्पत्ति कब्जा गर्ने जस्ता गम्भीर आपराधिक आरोप बाबुछोरामाथि लागेको छ ।

 

पिडितहरुले यस घटनालाई ठगी र आपराधिक विश्वासघातको जघन्य उदाहरण भन्दै कडा कारबाहीको माग गर्दै चौकी अगाडी धर्ना समेत दिएका थिए ।

 

हालसम्म दर्जनौं पीडितहरूले लिखित जाहेरी दिएका छन्, अनुसन्धान जारी छ र अफताबको खोजी भइरहेको कपिलबस्तु प्रहरीको भनाइ छ ।




मतहरू

inembmqrr

??????????? ?????????? ?????????? ????, ??????? ??? ????? ?????? ????? ???? ainembmqrr [url=http://www.g5iqwoq7j8j51mm1269gxj43186m16mvs.org/]uinembmqrr[/url] inembmqrr http://www.g5iqwoq7j8j51mm1269gxj43186m16mvs.org/


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?